News Portal

बिर्तामोडको कपास उद्योगमा आगलागी, करिब ४० लाखको क्षति

रातोपोस्ट संवाददाता
२४ पटक

झापा, २ कार्तिक । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहम्मदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्ण रुपले जलेर नष्ट भएको छ ।

बिर्तामोड, मेचीनगर, भद्रपुर नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्