News Portal

बाहुनडाँगी जेसीजमा लाग्यो चुनाव

रातोपोस्ट संवाददाता
७९ पटक

मेचीनगर । नेपाल जेसीजको क्षेत्रीय सम्मेलनमा उत्कृष्ट शाखा बन्न सफल बाहुनडाँगी जेसीजको बार्षिक साधारण आज हुँदैछ । मेचीनगर वडा नं ४ को सामुदायिक भवनमा साधारण सभा गर्न लागिएको अध्यक्ष देबु बानियाँले जानकारी दिए । साधारण सभामा सम्मान, अवार्ड वितरण गरिनुका साथै साँस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । जेसीजमा एक पद, एक कार्यकाल भएकाले अब बाहुनडाँगीमा पनि नयाँ समिति बन्नेछ । यद्यपि अधिवेशन साधारण सभा पछि गरिने जनाइएको छ ।

बाहुनडाँगी जेसीज वर्ष २०२५ को अध्यक्षको प्रत्यासीमा दुईजना रहेका छन्, संस्थापक सदस्य निकेशराज दाहाल र वर्तमान कोषाध्यक्ष नित्यानन्द चम्लागाई अध्यक्ष बन्ने दौडमा छन् । जेसीज पार्टीभन्दा माथि भनिए पनि राजनीतिक दलको प्रभाव पर्ने गरेको छ । अध्यक्ष बन्ने दौडमा रहेका दुवै कांग्रेस समर्थक मानिन्छन् । चम्लागाईं पार्टीको वडा सचिव छन् भने दाहाल प्रदेश सांसद गोपाल तामाङको स्वकीय सचिव हुन् ।

बाहुनडाँगी जेसीजले यो वर्ष १० वटा अवार्ड पाइसकेको छ । अब दुईवटा अवार्ड यो साधारणसभा सम्पन्न भएपछि प्राप्त गर्ने जनाइएको छ । बाहुनडाँगी जेसीजले यो कार्यकालमा ५३ वटा कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढी काम गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँले बताए । बाहुनडाँगी नेपाल जेसीजको क्षेत्रीय सम्मेलनमा उत्कृष्ट शाखा र उत्कृष्ट अध्यक्ष समेत भइसकेको छ । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्