News Portal

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

रातोपोस्ट संवाददाता
३६ पटक

काठमाडौं, ९ मंसिर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश कमला पौडेलले आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

यही मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कम्तीमा ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।
उता बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश गरेको छ । प्रसाईंले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश गरेको हो ।

कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।​​

प्रतिकृया दिनुहोस्