रातोपोस्ट संवाददाता
मेचीनगर, २१ पुस । मेचीनगर नगरपालिका वडा नं ८ ले आफ्नो मातहत रहेको मेलमिलाप समितिलाई निलम्बन गरेको छ ।
‘मेलमिलाप सम्बन्धी कार्यमा कार्य सम्पादनको मर्म भावना विपरित व्यापक रुपमा जनगुनासा आइरहेको हुँदा अर्को निर्णय नहुञ्जेलसम्मका लागि मेचीनगर वडा नं ८ को सबै मेलमिलाप समितिलाई निलम्बन गर्दै अब उपरान्त मेचीनगर- ८ को मेलमिलाप सम्बन्धी कार्य वडा जनप्रतिनिधिले आवश्यकता अनुकुल कार्य सम्पादन गर्ने व्यवहोरा सबैलाई जानकारीका लागि अनुरोध छ,’ मेचीनगर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गिरीराज धमलाले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।
पछिल्लो समय न्यायका लागि वडा पुग्ने नागरिकहरुलाई न्याय नदिइकन उल्टै पिँडा दिने प्रकारको न्याय सम्पादन भइरहेको चौतर्फी गुनासो आइरहेको छ । यो समग्र नगरको न्याय प्रणालीमाथि कै प्रश्न पनि हो ।