News Portal

प्याराफिट मजबुद बनाइयोस

रातोपोस्ट संवाददाता
९२ पटक

मेचीनगर । पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत पहिलो दिनको उद्घाटन खेलका लागि आयोजक र जर्जियन एफसी का खेलाडी मैदान प्रवेशको तरखरमा थिए । जसका लागि फिफाको धुन शुरु हुने चरणमा थियो । जब धुन बज्यो, तब मैदानको उत्तर पूर्वमा बनाइएको प्याराफिट भाँचियो । जसका कारण प्याराफिटमा बसिरहेका दर्शकहरुमा अचानक ‘खलबल’को स्थिति सृजना भयो ।

दुई जना दर्शक (एक बालिका) सामान्य घाइते भएको बताइएको छ । जसले गोल्डकपको व्यवस्थापनमा गम्भीर प्रश्न खडा भएको छ । टिकट काटेर खेल हेर्न आएका दर्शक प्याराफिट भाँचिएर घाइते भएमा जवाफदेही को ? दर्शकका लागि बनाइएको प्याराफिट मजबुद र बलियो किन बनाइएन ?

प्लाइ र बाँस प्रयोग गरेर प्याराफिट बनाइएकाले पहिलो दिन भत्किए पनि ठुलो क्षति भएन । तर, त्यहाँ बाँस मात्रै प्रयोग गरिएको भए घटना जटिल पनि बन्न सक्थ्यो । तसर्थ यस्ता त्रुटीहरुबाट पाठ सिकेर आयोजक कमिटी आवश्यक व्यवस्थापनमा गम्भीर बन्नुपर्छ ।

प्रतिकृया दिनुहोस्