News Portal

  • सरकारसँग वार्ता नगर्ने विप्लवको घोषणा

    रातोपोस्ट संवाददाता
    ५४९ पटक

    काठमाडौं – विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिब नेत्रबिक्रम चन्द ‘विप्लव’ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ-‘सरकारले बार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाईको लेपन लगाएको बिषको चक्की मात्र हो ।’

    बार्ताको कुनै अर्थ नरहेको समेत सो पार्टीले जनाएको छ । पछिल्लो समय बिप्लवका प्रभावशाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।

    चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महिला नेतृ उमा भुजेल लगायतका एक दर्जन नेतालाई पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)