News Portal

  • विप्लव नेकपा गोरखाका इन्चार्ज र सेक्रेटरी पुन पक्राउ

    रातोपोस्ट संवाददाता
    ८१८ पटक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी विप्लवका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले पुन गिरफ्तार गरेको छ ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट रिहा भए लगत्तै कुमाल र भट्टलाई प्रहरीले पुन पक्राउ गरी ट्याक्सीमा हालेर स्याङजातर्फ लगेकाे थियाे ।

    बैशाख २२ गते गोरखाबाट गिरफ्तार गरिएका उनीहरु जिल्ला प्रशासनले तोकेको २ हजार धरौटी नतिरेरै कारागार पुगेका थिए । यस अघि पनि उच्च अदालतले २५ हजार धरौटीमा रिहा गरेको थियो तर अदालतले तोकेको २५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु दुवैजना २५ दिन  कारागार बसेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)