News Portal

  • सरकारी जग्गामा रहेको नेकपाकाे केन्द्रीय कार्यालय हटाउन कांग्रेसको आग्रह

    रातोपोस्ट
    ५३१ पटक

    काठमाडाैं। प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको नेकपाकाे पार्टी केन्द्रीय कार्यालय तत्काल हटाउन आग्रह गरेको छ ।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ दलकाे केन्द्रीय कार्यालय जग्गाको भोगचलन सम्बन्धि नियम विपरित रहेको भन्दै आपत्ति जनाए । उनले तत्काल धुम्बाराहीबाट पार्टी कार्यालय हटाउन नेकपालाई आग्रह गरे । नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रीय कार्यालय नियम विपरित भएको ठाउँबाट संचालन भइरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको पनि प्रवक्ता शर्माको भनाई छ । प्रवक्ता शर्माले नेकपाले सो कार्यालय त्यहाँ संचालन गरेर गम्भीर गल्ती गरेको दाबी गर्दै क्षमायाचना गर्नुपर्ने धाराणा राखे ।

    प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति आपत्ति जनाएका छन् । उनले नेकपाले छपाईका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाए । लोकतन्त्रका लागिसँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ ।

    प्रवक्ता शर्माले नेकपाले आफ्नो पार्टीलाई हेर्ने दृष्टिकोणबारे पार्टीको केन्द्रीय कार्य समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)