News Portal

  • सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

    रातोपोस्ट संवाददाता
    ९१४ पटक

    ओखलढुंगा। ओखलढुंगामा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
    नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।
    भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर गत मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट तामाङलाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरीले जनाएको छ ।
    पक्राउ परेका तामाङ विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)