News Portal

  • सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

    रातोपोस्ट संवाददाता
    ६९३ पटक

    काठमाण्डौं  । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज आइतबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो ।

    जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो ।

    यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ ।
    सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)