News Portal

  • प्यारिभिट्टामा पाथिभरा होटल

    रातोपोस्ट संवाददाता
    ७७७ पटक

    झापा।होटलको शहरका रुपमा परिचित पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा अर्को सुविधा सम्पन्न होटल थपिएको छ ।
    मेचीनगर–७ स्थित प्यारिभिट्टामा गत शनिबारबाट पाथिभरा होटल लज एण्ड थकाली किचन सञ्चालनमा आएको हो ।
    काँकरभिट्टा बजारबाट करिब डेढ किलोमिटर पश्चिमको प्यारिभिट्टा नयाँ बस पार्कमा अवस्थित सो होटलले सेवा सुरु गरेको छ ।
    मेचीनगरका राजु शिवाकोटी, खगेन्द्र मैनाली र उत्सव रिजालले २ करोड रुपैयाँको लगानीमा सुविधायुक्त होटल सञ्चालन गरेका हुन् ।
    सेवाग्राहीलाई सस्तो मूल्य र पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटल व्यवसाय थालिएको सञ्चालक शिवाकोटीले बताए ।
    ‘व्यवसायिक पाटो त छँदैछ, ग्राहक सन्तुष्ट भए मात्र हाम्रो लक्ष्यले सार्थकता पाउँछ’ अर्का सञ्चालक मैनालीले थपे–‘त्यसैले, सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सफलता हुनेछ ।’
    लगानीकर्ता मध्येका रिजालका अनुसार सुन्दर, शान्त र रमणीय वातावरणमा सेवा उपलब्ध गराउने ध्येयले व्यवसाय सञ्चालन गरिएको हो ।
    उक्त होटलमा विभिन्न स्वादमा परम्परागत नेपाली खाना तथा खाजाका परिकार, विभिन्न पेय पदार्थ र बसोबासको सुविधा उपलब्ध रहेको सञ्चालकहरु बताउँछन् ।
    थकाली खानाका साथै नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाका परिकार सस्तो मूल्यमा उपलब्ध गराइने होटलमा रहेका ८ वटा कोठामध्ये ४ वटा एसि र ४ वटा नन एसि रहेका छन् ।
    सञ्चालकका अनुसार होटलमा व्यवस्थित सवारी पार्किङ स्थल, कार्यक्रमका लागि उपयुक्त कक्ष, हवाईजहाज, बसका टिकटलगायतका सुविधा उपलब्ध छ ।
    युवाहरु रोजगारीका लागि विदेश गइरहँदा मेचीनगरका तीन युवा भने स्वदेशमै रोजगारको सिर्जना गरी आत्मनिर्भर बन्ने प्रयत्न गर्नुले वैदेशिक रोजगारीको योजना बनाएकालाई प्रेरणा मिल्ने स्थानीयको प्रतिक्रिया छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)