News Portal

  • सुनसरीमा विप्लव निकट विद्यार्थी संगठनको अभियान तिव्र

    रातोपोस्ट संवाददाता
    १४१९ पटक

    सुनसरी ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुनसरिले कम्ययुनिस्ट  विद्यार्थी अभियान भाग २काे तिव्र प्रचारप्रसार र संगठन बिस्तार सहित जिल्लाका विभिन्न स्थानमा भित्तेलेखन समेत गरेको छ।

    विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई राज्यले प्रतिबन्ध लगाए पश्चात् साे पार्टी  निकट रहेका सबै भातृ संगठनका नेता तथा कार्यकर्तालाई समेत प्रहरीले धरपकड तथा गिरफ्तारी गरिरहेपनि विद्यार्थी संगठनले भने आफ्नो अभियानलाई तिव्रता दिइरहेको पाइएकाे छ।

    मेचि-काेसी ब्युरो समन्वय समितिले सुनसरीबाटनै स्वर्गीय विद्यार्थी नेता प्रज्वल शाहीलाई स्मरण गर्दै माल्यार्पण र वृक्षरोपण कार्यक्रम गर्दै उद्घाटन गरेको कम्युनिस्ट विद्यार्थी अभियान पश्चात् यतिबेला पुर्वका विभिन्न जिल्लामा रहेका विद्यार्थी संगठनहरु संगठन बिस्तार लगायत भित्तेलेखन गर्दै अघि बढिरहेको पाइएकाे छ।

    यतिबेला सुनसरीका विभिन्न स्कुल तथा क्याम्पसहरुमा अखिल (क्रान्तिकारी)ले आफ्नो सांगठनिक गतिविधि बढाउँदै विभिन्न विद्यालय तथा क्याम्पसहरुमा कमिटी निर्माण गरेको अखिल(क्रान्तिकारी )सुनसरीले जनाएको छ।

    सुनसरीको धरान,इटहरी ,तरहरा लगायतका मुख्य बजार,विभिन्न क्याम्पस लगायतका क्षेत्रमा विभिन्न नाराहरुकाे भित्तेलेखन भएको छ।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)