News Portal

  • सुर्खेतमा बस दुर्घटना ३ जनाको मृत्युकाे २९ घाइते

    रातोपोस्ट संवाददाता
    १२४४ पटक

    सुर्खेत : जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जर्नाको छ। घटनामा २९ यात्रु घाइते भएका छन्।

    दुर्घटनामा परेर घाइते भएका मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा ल्याइएको छ। उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो।   मृतकको सनाखत अझै भइ सकेको छैन।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)