News Portal

  • तनहुँमा कारको ठक्करबाट मनिषाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ९०३ पटक

    तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ४ चुनपहरामा कारको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका ४ चुनपहराकी १८ वर्षीया किशोरी मनिषा परियार रहेकी छन्।

    पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले पैदलयात्री परियारलाई ठक्कर दिँदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

    परियारको टाउको, नाक, मुख र खुट्टामा चोट लागेको लामिछानेले बताए। कार र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)