News Portal

  • छेवाङ र मृदुल बने होराइजन आइडल

    रातोपोस्ट संवाददाता
    ६८० पटक

    झापा । ‘होराइजन आइडल गायन प्रतियोगिता–२०७६’ को उपाधि छेवाङ ल्हमू तामाङ र मृदुल दाहालले जीतेका छन् । इष्ट होराइजन अंग्रेजी आवाशिय मावि मेचीनगरले भदौ पहिलो साता बाट अडिसन राउण्ड सुरु गरी विभिन्न राउण्ड सम्पन्न गर्दै प्रतियोगिताको बिहीबार भएको ग्रान्ड फिनालेमा छात्रातर्फ हरियो सदनकी तामाङ र छात्रतर्फ रातो सदनका दाहाल प्रथम हुँदै सो उपाधि जीतेका हुन् ।

    उनीहरुलाई नगद पुरस्कारसहित ट्रफि प्रदान गरियो । विद्यालयका प्रिन्सिपल सञ्जीव राई, विद्यालय प्रशासन प्रमुख सावित्रा सापकोटा, प्लस टु को–अर्डिनेटर रेखा क्षेत्रीलगायतले उनीहरुलाई पुरस्कृत गरे । विद्यालयका रातो, हरियो, निलो र पहेँलो सदनबाट ४ जना छात्र र ४ जना छात्रा प्रतियोगिताको फाइनल राउण्डमा पुगेका थिए ।
    उक्त प्रतियोगिताको निर्णायकहरुमा सनलाइट संगीत विद्यालयका संगीत शिक्षक कृष्ण योञ्जन र पञ्चम म्यूजिक स्कूलका संगीत शिक्षक निमा वाङ्गेल तामाङ थिए ।
    त्यसक्रममा पञ्चम म्यूजिक स्कूलका कलाकारहरुले वाद्यवादनमा साथ दिए भने तीज सम्बन्धी गीत प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन दिलाए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)