News Portal

  • भारतीय सैन्य टोली काठमाडौंमा

    रातोपोस्ट संवाददाता
    ८८० पटक

    काठमाडाैं। भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका १५ जना सैनिक ब्रिगेडियर जनरलले ८ देखि ११ भदौसम्म नेपालको भ्रमण गरेका छन् । काठमाडौंमा ९ भदौमा आयोजित सेमिनारमा परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले नेपाल भारत सम्बन्धबारे प्रस्तुतीकरण दिएका थिए ।

    भारतीय दूताबासका अनुसार एनडीसीका ५९ औँ व्याजका उच्च अधिकारीले भ्रमण गरेका थिए । भारतीय सेनाका भाइस एड्माइरल श्रीकान्तसहितको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षासचिव रेश्मिराज पाण्डे, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । उनीहरुले नेपाली सैनिक हेडक्वार्र्टरमा सेनाका विभिन्न कार्यबारे जानकारी लिएका थिए ।

    उनीहरु सेनाको पश्चिम पृतना पोखरा, माउन्टेन वारफेयर स्कूल जोमसोमको समेत भ्रमण गरेका थिए । एनडीसीबाट नेपाली सेनाका ९ जना वहालवाला र १९ जना भूतपूर्व अधिकारीले अध्ययन सम्पन्न गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)