News Portal

बिउँतदै विप्लवकाे जनसत्ता- झापामा २० बिघा भन्दा बढि जग्गा र घर कब्जा

रातोपोस्ट संवाददाता
१८५५ पटक

झापा।नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे जनसत्ताले झापामा २० बिघा भन्दा बढि जग्गा र घर कब्जा गरेकाे छ।


तत्कालीन सशस्त्र माओवादी जनयुद्धताका माओवादीले प्रशासन लगायतका समाजका बुद्धिजीवी ब्यक्तिहरुलाई राखि कागजात गर्दै सहिद परिवारलाई दिलाएको माेही जग्गामा करिब १३ बर्षपछि अदालतले जग्गा खालि गर्न १५ दिने म्याद जारी गरेपछि झापाको गाैरादह नगरपालिका ९ बैगुनधुरा स्थित रहेको भुपेन्द्र ढुंगाना परिवारकाे जग्गा कब्जा गरेको विप्लव नेकपाकाे जनसत्ताले जानकारी दिएको छ।
हिजो लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद झापाले विज्ञप्ति र ब्यानर सहित जग्गा धनी भुपेन्द्र ढुंगाना परिवारकाे घरजग्गा कब्जामा लिएकाे हो।


जनपरिषद झापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ-गाैरादह नगरपालिका वडा नम्बर ९ का सहिद विष्णु हस्ताकाे परिवारले माेहियानि हक मार्फत भुपेन्द्र ढुंगाना एवम् परिवारबाट तत्कालीन जनसत्ताकाे रोहबरमा पिडित चाँदमनि हस्ताकाे परिवारले प्राप्त गरेको जमिन हाल आएर दलाल संसदिय सत्ताका मतियार र आसेपासे एवम् कथित अदालत समेत प्रयोग गरि क्षतिपूर्ति सहित संरचना खालि गर्न जारी गरिएको उर्दी प्रति जिल्ला जनपरिषद झापाको गम्भीर ध्यानाकर्षण भएको छ।जिल्ला जनपरिषद झापा जनताको मुक्ति ,न्याय र स्वतन्त्रता विरुद्ध टाउको उठाउने प्रयत्न स्वरुप जारी गरिएको उक्त फर्मान खारेज गर्दछ।
जिल्ला जनपरिषद झापा तत्कालीन जनसत्ता एवम् सामाजिक रुपमा पटकपटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पिडक भुपेन्द्र ढुंगाना एवम् परिवारलाई चेतावनी दिँदै पिडितले न्याय नपाउन्जेल सम्मकाे लागि पिडक भुपेन्द्र ढुंगाना एवम् परिवारले भाेगचलन गरिराखेको जग्गा कब्जा गरिएको घाेषणा गर्दछ।

जिल्ला जनपरिषद झापा आजकै मितिबाट कब्जा गरिएको जमिनमा भाेगचलन नगर्न पिडक भुपेन्द्र ढुंगाना एवम् परिवारलाई जानकारी दिँदै समयसिमा भित्र पिडितले न्याय नपाए संलग्न सबैमा जनकारबाही गर्न बाध्य हुने र जसबाट उत्पन्न परिणामकाे जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहन्छ ।

सहिद परिवारले माेहीयानि हक बापत भुपेन्द्र ढुंगानाकाे परिवारबाट पाएकाे १ बिघा १६ कठ्ठा जग्गामा अदालतले घर खालि गर्ने म्याद जारी गरेपछि पिडित परिवारले पुन माओवादी गुहारिरहेकाे थियोे ।

पुर्व प्रधानपञ्च समेत रहेका नृप बहादुर ढुंगानाका परिवारबाट पिडित परिवारलाई माेहियानि हक लागेको जग्गा भन्दा अन्यत्र जग्गा उपलब्ध गराएकाे र उक्त जग्गामा समेत विवाद उत्पन्न भएपछि २०६३ सालमा समाजका बुद्धिजीवी लगायत प्रशासन बसेर कागजात गर्दै पिडित परिवारलाई  जग्गा मिलाएर दिने र विवाद नगर्ने सर्तमा सहमति भएपछि पिडित परिवारले उक्त कागजलाई आधार मान्दै उक्त जग्गामा घर बनाएर बसेको थियोे ।

ढुंगाना परिवारका ६ भाईकाे नाममा रहेकाे उक्त जग्गामा कित्ता नम्बर ११० र ११७ मध्येबाट माेहियानि हक प्राप्त गरेका चाँदमनि हस्दाकाे परिवारलाई १ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउने भन्दै भुपेन्द्र ढुंगाना लगायत ६ भाईकाे सहमति भएको थियो । हस्ता परिवारलाई कित्ता काँट जे जसरी भएपनि उनिहरुकाे चित्त बुझाउने हिसाबले पुर्व पट्टी सम्पुर्ण मुख हुनेगरी दिने र हस्दा परिवारले पश्चिम पटिकाे जग्गा ढुंगाना परिवारलाई छाड्ने सर्तमा कागजात भएको थियो ।

प्रशासन सहित पुर्व सांसद दिपक कार्कि,राप्रपा अध्यक्ष अमर विष्ट,समाजका बुद्धिजीवी एवम् राजनितीक ब्यक्ति प्रकाश खरेल ,जग्गा धनी भुपेन्द्र ढुंगाना ,हस्दा परिवार  लगायत समाजका केही मानिसहरूकाे हस्ताक्षर गरि प्रशासन माझ कागजात गरिएको थियोे ।

हाल आएर ढुंगाना परिवार र हस्ता परिवार बिच पुन साेहि जग्गालाई लिएर विवाद शुरु भएको छ।ढुंगाना परिवारकी जेठि बुहारी इश्वरी ढुंगानाले अदालतमा फुलमति हस्ताकाे नाममा मुद्दा दायर गर्दै आफ्नो जग्गा खालि गराउन माग गरेपछि अदालतले घर खालि गराउन पुर्जि जारी गर्दै १५ दिनको म्याद दिएकाे थियोे ।

पिडित परिवारका अनुसार ४ बिघा ५ कठ्ठा १० धुर काे आधा जग्गा माेही हक बापत पाउनुपर्ने भएपनि ढुंगाना परिवारले माेही हक लागेको जग्गा नदिएको र अहिले प्राप्त गरेको जग्गापनि तत्कालीन सशस्त्र युद्धमा हाेमिएकाे माओवादीले दिलाइदिएकाे बताएका छन्। तत्कालीन अवस्थामा एरिया सेक्रेटरी रहेका प्रभासले उक्त जग्गा दिलाएपनि अहिले ढुंगाना परिवारले प्रशासन बसेर गरेकाे कागजलाई बेवास्ता गर्दै मुद्दा दायर गरेपछि पीडित परिवारले पुन माओवादी गुहारिरहेका थिए।तर पिडित परिवारलाई उक्त जग्गा दिलाउने माओवादी अहिले टुक्राटुक्रामा विभाजित भएको  छ भने जनयुद्धको झझल्को दिलाउँदै यतिबेला विप्लव नेतृत्वको नेकपाले देशभरका विभिन्न स्थानमा जग्गा कब्जा गर्दै आएकोले आफुहरु पुन माओवादीसँग आशावादी रहेको हस्ता परिवार केहिदिन अघिमात्र हामीलाई बताएको थियोे ।

हामिले यस बिषयमा पिडितकाे बयान सुनिसकेपछि तत्कालीन नेकपा एमालेका सांसद दिपक कार्कि,राप्रपा झापाका अध्यक्ष अमर बिष्ट ,प्रकाश खरेल लगायत सँग टेलिफोन गरि उक्त घटनाको बिषयमा बुझ्ने जमर्को गरेका थियौं ।

के भन्छन पुर्व सांसद कार्कि लगायत अन्य ब्यक्ति ?

हाम्रो टिम पिडित परिवारको गुनासो सुनेर मात्रै विश्वस्त हुन नसकेपछि उनिहरुका सबै कागजपत्र हेर्न पुग्यौं ।पिडित परिवारले उक्त जग्गा माओवादीले दिलाइदिएकाे र त्यसपश्चात आएकाे हरेक समस्यामा आफुहरुलाई सांसद कार्कि,प्रकाश खरेल,अमर बिष्ट लगायत समाजका मानिसहरुकाे समर्थन र सहयोगका कारण १३ बर्ष सम्म उक्त स्थानमा बस्न पाएकाे बताएपछि हामिले सांसद कार्कीलाई टेलिफोन सम्पर्क गर्यौँ।

सांसद कार्किले उक्त कागजात प्रक्रियामा आफू पनि साक्षि रहेकाे र पिडित हस्ता परिवारले कागज अनुरुप अधिकार पाउनुपर्ने भन्दै अदालतले घर खालि गर्न नमिल्ने बताए।उनले यश बिषयमा पहिले पनि विवाद उत्पन्न भएर समाज बसेर मिलाएकाे भन्दै अहिले ढुंगाना परिवारले प्रशासनले गरेकाे कागजलाई मान्दिन भन्नू गलत हुने र समाज पिडित हस्ता परिवारको पक्षमा रहेको बताए।त्यस्तै प्रकाश खरेलले अदालतले पिडितकाे घरमा आएर अझै पीडा दिन नमिल्ने बताउँदै ढुंगाना परिवारले  हस्ता परिवारलाई कागजी सम्झौता अनुरुप जग्गा दिनुपर्ने भन्दै आफुहरु समाजमै रहेर उक्त बिषय छिनोफानो गर्न चाहेको र ढुंगाना परिवारले नमानेका कारण विवाद उत्पन्न भएको बताए ।उनले समाज पिडितकाे पक्षमा रहेको बताउँदै अदालतकाे आदेश अनुरुप घर खालि नहुने बताए।
हामिले पिडित हस्ता परिवारलाई भेटेर समाचार तयार पारेको १ हप्ता नबित्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे जनपरिषदले उक्त विवादित जग्गा कब्जामा लिएको छ।
जनपरिषदले जग्गा कब्जा गर्नुका कारण सहित ढुंगानाकाे घरमा विज्ञप्ति र व्यानर टाँसेकाे छ।
उक्त ब्यानरका अनुसार ,पिडीत चन्द्रमणि हस्ताकाे परिवारलाई माेहियानि हक बापतकाे जग्गा नदिएको ,पिडित परिवारलाई अदालत प्रशासन प्रयोग गरि संरचना खालि गर्न आतंक सृजना गरेको ,तत्कालीन जनसत्ताकाे निर्णय एवम् सामाजिक अगुवाहरुकाे राेहबरमा गरेको लिखित सहमति उल्लंघन गरेकाे बताइएको छ। १५ दिनभित्र पिडितले न्याय नपाए जिल्ला जनपरिषद झापाद्वारा उचित जनकारबाही गरिने समेत जनपरिषद झापाले जनाएको छ।

प्रतिकृया दिनुहोस्