रातोपोस्ट संवाददाता
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई शनिबार भेटेर मन्त्री भट्टराईले मन्त्रालयको काम कारवाही बारे जानकारी गराएका हुन्।
मन्त्री भट्टराई बुढानिलकण्ठस्थित देउवा निवास पुगेर पर्यटन मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा छलफल गरेको बताएका छन्।