News Portal

  • जाजरकोटमा पहिरोले लियो आमा र दुई छोरीको ज्यान

    रातोपोस्ट संवाददाता
    १२१९ पटक

    जाजरकोट : भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ ।

    शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया  मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्याम खत्रीले जानकारी दिए।

    पार्वतीका श्रीमान् बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको प्रहरीले बताए।  जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको डिएसपी खत्रीले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)