News Portal

  • विप्लवका दुई कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश

    रातोपोस्ट संवाददाता
    ९६९ पटक

    झापा: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा झापाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

    ‘विप्लव’ नेतृत्व नेकपाका झापा जिल्ला सचिवालय सदस्य चमनलाल माझी (चमारु) र जिल्ला सदस्य श्याम कुमार मैनाली (कुमार) ले जिल्ला प्रशासन कार्यालय झापामा धरौटी बुझाएर रिहा भएसँगै दुवैजना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

    विप्लवका कार्यकर्ता माझी र मैनालीलाई प्रहरीले असार २९ गते झापाबाट पक्राउ गरेका थिए। पक्राउ परेका माझीले ७५ हजार र मैनालीले ३० हजार धरौटी बुझाएर रिहा भएका हुन्। एक विज्ञप्ति जारी गर्दै विप्लव पार्टी परित्याग गरेका थिए।

    माझी र मैनालीलाई संविधानसभा सदस्य तथानेकपाका झापा जिल्ला पार्टी कार्यालयका सदस्य मोहन टुडु र नेकपाका जिल्ला सचिवालय सदस्य नरेश सन्जेलले अबिर लगाएर नेकपामा प्रवेश गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)