News Portal

  • फरार अभियुक्तलाई पक्रिन प्रहरीले हान्यो गोली

    रातोपोस्ट संवाददाता
    ७१२ पटक

    काठमाडौं  : चोरी-डकैती मुद्दमा कैद सजाए सुनाइएका फरार ब्यक्तिलाई बाँकेको कोहलपुर प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।

    आज नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो।

    गोली लागी घाइते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि उपचार गरिँदै छl  न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बाँकेले ६ वर्ष कैदको सजाय सुनाएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)