News Portal

  • धुलाबारीमा सिसि क्यामरा जडान सम्बन्धी अन्तरक्रिया कार्याक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    ११०९ पटक

    झापा ।झापाकाे धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि बिहिबार उपभोक्ता समिति र सरोकारवाला बिच अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ ।

    मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समितिले सिसि क्यामरा जडान गर्न लागेको जनाएको छ ।

    समाजमा शान्ति, सुरक्षा एवँ अमनचयन कायम राख्न सिसि क्यामराको आवश्यकता रहेको भन्दै प्रमुख अतिथि नेकपा प्रदेश कमिटि सदस्य बिष्णु प्रसाईले उक्त कार्यलाई सबैले हातेमाल गरी सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।

    अन्तरक्रिया कार्याक्रममा मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुवेश पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नेपाली कांग्रेश नगर सभापती इन्द्र बुढाथोकीलगायतले बोलेका थिए ।

    कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि, मेचीनगर क्षेत्रका विभिन्न टोल विकास समितिका पधाधिकारी, व्यापारी, पत्रकारलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

    जसका लागि मेचीनगरपालीकाको कार्यालय, ९ र १० नम्बर वडा कार्यालय, स्थानीय संघसंस्था, उद्योगी, व्यापारी, समाजसेवीबाट रकम जुटाइने  धुलाबारी सिसि क्यामरा जडान उपभोक्ता समितिका अध्यक्ष  बस्नेतले  बताए।

    आउँदो एक महिनाभित्रमा सिसि क्यामरा जडान कार्य सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक तयारी सुरु गरिएको  र अन्तरक्रियामा ३  लाख  पचास हजार रुपैयाँ   संकलन भएकाे समितिका सचिव प्रसाईंले जानकारी दिए ।

    रविन बस्नेतको अध्यक्षतामा आयोजना भएको अन्तक्रिया कार्यक्रममा सञ्चालन सचिव मिलनराज प्रसाईले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)