News Portal

  • प्रधानमन्त्री ओली सिङ्गापुरबाट आज स्वदेश फर्किंदै

    रातोपोस्ट संवाददाता
    ५८१ पटक

    काठमाडौं : स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन्।

    मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललेमिर्गौलामा देखिएको ‘एन्टिबडी’   ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए।

    प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदैछन्। प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)