News Portal

  • सुनसरीमा २ शैक्षिक संस्थामा बम बिष्फोट

    रातोपोस्ट संवाददाता
    ५३९ पटक

    सुनसरी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।

    सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव नेकपाले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

    सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ ।

    बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

    केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव नेकपाका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव नेकपाका कार्यकर्ताको खोजी भइरहेको जानकारी उनले दिएका छन् । बिष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)