News Portal

  • किशोरीमाथि एसिड हानेर फरार भएका युवक पक्राउ

    रातोपोस्ट संवाददाता
    १३२४ पटक

    पर्सा । वीरगञ्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड आक्रमण गरेको आरोपमा अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेको छ।

    वीरगञ्ज महानगरपालिका–२ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मियालाई पनि प्रहरीले पक्राउ गरेको हो।

    उनलाई वीरगन्जमा शुक्रबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुई अभियुक्तमध्ये सम्साद आलम भने घटना भएलगत्तै पक्राउ परेका थिए। सहयोगी सम्साद आलमसँग मिलेर मजिदले तेजाब प्रहार गरेको खुलेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

    शुक्रबार बिहान त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि उनीहरूले एसिड आक्रमण गरेको प्रहरीको भनाइ छ। मुस्कान साथीसँग विद्यालय जाँदै गर्दा वीरगन्ज–४ बिर्तामा रहेको गणेशमानोक नजिक एसिड आक्रमण भएको थियो।

    एसिडले मुस्कानको अनुहार, छाती र हात तथा कपडाहरू जलेको छ। उनको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)