News Portal

  • चन्द्रयान-२ असफलतापछि वैज्ञानिक सिवन राेए, प्रधानमन्त्री माेदीले दिए सान्त्वना

    रातोपोस्ट संवाददाता
    १८१० पटक

    एजेन्सी। भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ मिशन असफल भएसँगै एक भिडियो भाइरल भएको छ । भिडियोमा चन्द्रयान-२ लाई अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)का प्रमुख सिवन राेइरहेकाे र उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सान्त्वना दिइरहेका छन् ।

    भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)का प्रमुख बनेका सिवन पढाइमा अब्वल थिए । गरिब परिवारमा जन्मेर असाधारण क्षमताका कारण माथि उठेका सिवन चन्द्रयान-२ काे असफलतापछि निकै भावुक भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धानमा दख्खल राख्ने सिवनले सन् २०१७ फेब्रवरी १५ मा एक मिशनमार्फत जरिए-१०४ स्याटालाइट परीक्षणमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । त्यस समय उनी यस मिशनको ‘चिफ आर्किटेक्ट’ थिए ।

    काे हुन् इसराे प्रमुख सिवन

    भारतीय अन्तरिक्ष अनुसन्धान संस्थानका प्रमुख सिवनको जन्म तमिलनाडुको एक साधारण परिवारमा भएको थियो । उनको बचपन दुःखमा गुज्रिएकाे थियाे । समाचारमा जनाइएअनुसार उनी स्कुल पढ्न जाँदा चप्पलसमेत लगाउन सक्ने अवस्थामा थिएनन् ।

    सन् १९५७ अप्रिल १४ मा जन्मेका सिवनको सुरूवाती शिक्षा गाउँकै एक सरकारी स्कुलमा भएको थियो । पछि उनले ‘एयरस्पेस’ इञ्जिनियरिङ्गको पढाइ पूरा गरेका थिए । धेरै मेहनत गर्ने सिवन पढाइमा लगाव राख्थे । उनले आफ्नो पढाइको समयमा कहिले ट्युशन क्लास लिएनन् ।

    सिवनले निगेरकोइलस्थित ‘एसटी हिन्द’ कलेजुबाट स्नातक उर्त्तिण गरेका थिए । पछि उनले बेंगलाेर आइआइएसीबाट एयरस्पेस इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका थिए । उनले सन् २००७ मा आइआइटी बम्बेबाट एयरोस्पेस इञ्जिनियरिङ्गमा पिएचडी गरेका थिए ।

    सिवनको परिवारमा आर्थिक स्थिति कमजोर भएकाले भाइ र दुई बहिनीले कलेजको पढाइ पूरा गर्न पाएनन् । तर, कक्षा १२ को परीक्षामा सिवनले गणितमा सय अंक ल्याएका थिए । जसले गर्दा उनका बुवाले बाँकी पढाइका लागि मौका दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)