News Portal

माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

रातोपोस्ट संवाददाता
९६७ पटक

काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई  शनिबार करिब साढे चार बजेतिर पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

 

प्रतिकृया दिनुहोस्