News Portal

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌काे आकस्मिक बैठक

रातोपोस्ट संवाददाता
८८१ पटक

काठमाडौं :  मन्त्रिपरिषदको बैठक आज आकस्मिक मध्यान्ह १२ बजे बस्दै छ। सिंगापुरमा उपचारबाट फर्किएपछि तन्दुरुस्त रहेका प्रधानमन्त्री ओलीको आब्हानमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

चिनियाँ विदेशमन्त्री आजै नेपाल आउन लागेको हुनाले नेपाल र चीनको सम्झौताका विषयमा र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्न बैठकले मिति तय गर्न सक्ने सचिवालयले जनाएको छ। स्वास्थ्य उपचार गर्न भदौ ५ गते प्रधानमन्त्री ओली सिंगापुर गएपछि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन्।

यद्यपि प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्स मार्फत सिंगापुरमा रहँदा २ पटक मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्रीले सिंगापुरबाट मन्त्रिपरिषद बैठक चलाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको थियो।

 

प्रतिकृया दिनुहोस्