News Portal

  • नेपाल नगरपालिका संघ, प्रदेश समितिको संयोजकमा बस्नेत तथा उपसंयोजकमा आचार्य चयन

    रातोपोस्ट संवाददाता
    १०१५ पटक

    सुनसरी। नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई क्रमस समितिको संयोजक तथा उपसंयोजकमा चयन गरेको छ ।

    सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म भएको अधिवेशनको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । अधिवेशनको समापन समारोहको प्रमुख अतिथि संघका अध्यक्ष अशोककुमार व्यञ्जु थिए ।
    अधिवेशनले बमबहादुर भट्टराई उपप्रमुख फुङलिङ नगरपालिका, चन्द्रकमाुर शेर्मा प्रमुख शिवसताक्षी नगरपालिका, पवित्रादेवि महतरा उपप्रमुख विर्तामोड नगरपालिका, खड्गबहादुर फागो प्रमुख उर्लावारी नगरपालिका, राजन मेहता प्रमुख इनरुवा नगरपालिका, सुनिता दाहाल उपप्रमुख दुहवी नगरपालिका, पार्वती सानु डाँगी उपप्रमुख म्याङलुङ नगरपालिकालाई सदस्यमा चयन गरेको छ ।

    चिन्तन थिङ तामाङ प्रमुख धनकुटा नगरपालिका, रीताकुमारी चौधरी उपप्रमुख चौदण्डीगढी नगरपालिका, वीणदेवी राई उपप्रमुख रुपाकोट मजुवागढी नगरपालिका मोहन श्रेष्ठ प्रमुख सिद्घिचरण नगरपालिका, जीवनकुमार श्रेष्ठ प्रमुख भद्रपुर नगरपालिका मुरारीप्रसाद खतिवडा प्रमुख खाँदवारी नगरपालिका, मञ्जुकुमारी अधिकारी उपप्रमुख महालक्ष्मी नगरपालिका, कैलासकुमार आले मगर प्रमुख भोजपुर नगरपालिका, रोहितकुमार साह प्रमुख गौरादह नगरपालिका तथा रमेशकुमार जिमी प्रमुख धर्मदेवी नगरपालिकालाई समेत सदस्यमा चयन गरेको छ ।

    यसैगरी मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको संयोजक रहेको सात सदस्यीय महासंघको महिला विभाग समेत गठन भएको छ । समितिको सहसंयोजकमा धर्मदेवी नगरपालिकाका उपप्रमुख शोभा घिमिरे चयन भएकी छन् । सदस्यहरुमा मञ्जु प्रसाई उपप्रमुख कन्काई नगरपालिका, पविमाया राई उपप्रमुख देउमाई नगरपालिका, ममिता राई उपप्रमुख भोजपुर नगरपालिका, देवीकुमारी चौधरी त्रियुगाा नगरपालिका तथा तीला पोखरेल लालीगुरास नगरपालिका चयन भएका छन् ।

    कार्यक्रममा नेपालको संविधान बमोजिम स्थानीय सरकारलाई नागरिकहरुको पहुँचको सरकारको रुपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने, नागरिकका विकास र समृद्घिका चाहनालाई पूरा गर्न प्रभावकारी र पारदर्शी किसिमले स्थानीय सरकार सञ्चालन गर्ने प्रतिवद्घता व्यक्त गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय, सहकार्य सहकारिताका आधारबाट अघि बढ्ने प्रतिवद्घता व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)