रातोपोस्ट संवाददाता

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् ।
आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् ।
घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि ६ जनालाई बिर्तामोडको बिएण्डसी अस्पताल पठाएको छ भने अन्य ३ जनाको आम्दा अस्पताल धुलावारीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।