News Portal

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

रातोपोस्ट संवाददाता
१०२५ पटक

झापा। व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको आईतबार बिहान  सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेससहित अन्य साना दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक गठबन्धनले बिजयी हाँसिल गरेको छ । २१ पदका लागि ४४ जना उम्मेद्वार चुनावी मैदानमा थिए ।

जसमा अध्यक्ष सहित अन्य ११ पदमा संयूक्त लोकतान्त्रीक प्यानलले जीतेको छ भने बरिष्ठ उपाध्यक्ष सहित अन्य १० सदस्यहरुमा प्रगतिशिल प्यानलका उम्मेदुवार बिजयी भएका छन् । गत शुक्रबार सम्पन्न मतदानको मतगणना शनिबार बिहान साढे ११ बजेबाट सुरु गरिएको थियो ।

अन्तिम मत परिणम अनुसार संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट नेपाली कांग्रेस निकट अध्यक्ष पदका उमेदवार गोकुल श्रेष्ठले १ हजार ४ सय ११ मत प्राप्त गरि अध्यक्ष पदमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्र्धी नेकपा निकट प्रगतिशिलका तर्फबाट अध्यक्षका उमेदवार विमल खतिवडाले ९ सय १६ मत मात्र प्राप्त गरे ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका प्यानलका उम्मेद्वार देवी प्रसाद गुरागाइ(गोपालर्)ले १ हजार २ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी संयूक्त लोकतान्त्रिकका उम्मेद्वार सहदेव आचार्यले १ हजार १४ मात्र प्राप्त गर्नु भएको छ ।

यसै गरि प्रथम उपाध्यक्षमा संयूक्त लोकतान्त्रीकका उम्मेद्वार राजु खड्का बिजयी हुनु भएको छ । उनले १ हजार २ सय ९ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम् प्रतिद्धन्दी प्रगतिशिलका उम्मेद्वार युवराज घिमिरेले १ हजार ७३ मत मत्र प्राप्त गरे ।

यस्तै द्धितिय उपाध्यक्षमा संयूक्त लोकतान्त्रीकका राजकुमार योङयाले १ हजार १२ मत ल्याएर बिजयी भए । उनका निकटतम् प्रतिद्धन्दी प्रगतिशिलिका प्यानलका उम्मेद्वार घनश्याम खनालले ९ सय ६ मत मात्र प्राप्त गरे । त्यसै गरि स्वतन्त्रबाट द्धितिय उपाध्यक्षमा उम्मेद्वारी दिएका टिकाराम प्रसाईले ३ सय ५५ मत प्राप्त गरे ।

तृतिय उपाध्यक्षमा पनि संयूक्त लोकतान्त्रीककै उम्मेद्वार रमा लिम्बु बिजयी भएकी छिन । उनले १ हजार २ सय २ मत ल्याएर जीत हाँसील गरेकि हुन भने उनका निकटतम प्रतिस्पर्धी ज्ञाननाथ पैडेलले १ हजार ६१ मतमै चीत्त बुझाउनु पर्यो ।बाणिज्य संघ दमकमा २ हजार ६ सय ८० मत दाता मध्ये २ हजार ३ सय ६० मतदाताले मात्र मतदान गरेका थिए ।

बिजयी भए लगत्तै संक्षिप्त प्रतिक्रिया दिदै बिजयी भएका श्रेष्ठले यो बिजय आफ्नो मात्र नभएर सम्पूर्ण व्यवसायीकै भएको बताए । उनले आफ्नो कार्यकालमा हरित नगर समृद्ध नगरको नारालाई सार्थक बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीको गृहनगर भएकाले पनि दमक उद्योग वाणिज्य संघको निर्वाचनको चौतर्फी चर्चा थियो । यस अघिको निर्वाचनमा पनि तत्कालिन नेकपा एमालेका उम्मेद्वार गणेश बस्नेत आफ्नै पार्टीका बागी उम्मेद्वार राजेन्द्र ढकालसँग पराजित भएका थिए । १५ बर्ष यतादेखी व्यवसायीको निर्वाचनमा तत्कालिन एमाले र हालको नेकपालाई अध्यक्षको कुर्सीमा बस्ने मौका मिल्न सकेको छैन ।

सबै निर्वाचित उम्मेद्वारहरुकोको मतपरिणाम यस्तो छ ।

अध्यक्ष

गोकुल श्रेष्ठ १४११ बिजयी

वरिष्ठ उपाध्यक्ष

गोपाल गुरागाई १२७६ बिजयी

प्रथम उपाध्यक्ष

राजु खड्का १२०९ बिजयी

द्धितीय उपाध्यक्ष

राजकुमार योङ्गया १०१२ बिजयी

तृतीय उपाध्यक्षमा

रमा लिम्बु १२०२ बिजयी

खुल्ला सदस्य

असिम राई १०८३ बिजयी

चन्द्र खत्री (दाहालं) १२९४ बिजयी

तुलसीराम तिम्सिना ११८७ बिजयी

नविन अग्रवाल १२०३ बिजयी

भरत कुमार चम्लागाइ १२२२ बिजयी

राजकुमार थापा ११०५ बिजयी

बस्तुगत तर्फ

गायत्री पौडेल (सन्तोष) १२९६ बिजयी

तोयानाथ अधिकारी (राजेश) ११६३ बिजयी

दिनेशप्रसाद सुवेधी १२८४ बिजयी

मोहन ढकाल १३१६ बिजयी

रुवल अधिकारी ११९४ बिजयी

महिला सदस्य

बिन्दु सिटौला (लक्की) ९७९ बिजयी

सुस्मा निर्राैला ११३६ बिजयी

लेखा तर्फ

संयोजक

खोम प्रसाल बगाले १२२३ बिजयी

सदस्य

कृष्णराज दाहाल १३२४ बिजयी

मोहन मागर मिन ११०९ बिजयी

प्रतिकृया दिनुहोस्