News Portal

चितवन मेडिकल कलेजबाट विप्लवका छोरा प्रकाश सहित १७ जना पक्राउ

रातोपोस्ट संवाददाता
७७९ पटक

चितवन : चितवन मेडिकल कलेजबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाशसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन देखि विभिन्न माग राखेर चरणबद्ध आन्दोलनरत गरिरहेका छन् । आन्दोलनमा सहभागि भएका प्रकाश चन्दसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनमा सहभागि ७ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस्