News Portal

  • छोरी बचाइदिन गिरी परिवारको आग्रह

    रातोपोस्ट संवाददाता
    ६८३ पटक

    झापा । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ ।

    झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा गिरीको उपचारका लागि बुवा दान बहादुर गिरीले यस्तो आग्रह गरेका हुन् ।

    हाल विराटनगरस्थित नोबेल  अस्पतालमा उपचार भइरहेकाे गंगाको १ महिना भित्र मृर्गौला नफेरे ज्यान जान सक्ने डाक्टरले बताएका छन् ।

    भावुक हुँदै बुवा दान बहादुरले भने –‘काठमाण्डौ र विराटनगरको हस्पिटलमा राखेको २ महिना भो, उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन ।

    गंगाको उपचार गरी उनीलाई पुर्नजीवन दिलाइदिनु हुन देश विदेशका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा परिवारजनले आग्रह गरेक छन ।

    गंगाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकले गंगा गिरी बचाउ अभियानको नाममा कनकाइ विकास बैंकमा खोलिएको खाता नम्बर ०१७०१३०००५०५३४०००००१ मा सोझै रकम पठाउन सकिने परिवारजनले बताएको छ ।

    गंगालाई सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले बुवा दान बहादुरको मोवाइल नम्बर ९८२५९१४५२८ मा पनि सम्पर्क गर्न सकिने गिरी परिवारले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)