News Portal

  • बर्खास्तमा परेका तरुणदलका महासचिवले गरे अध्यक्ष बस्नेतलाई नै बर्खास्त

    रातोपोस्ट संवाददाता
    ५१६ पटक

    काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिवले अध्यक्ष जितजंग बस्नेतलाई एक वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका छन् । संगठनका महासचिव भूपेन्द्रजंग शाहीले बस्नेतलाई अनुशासन विपरीत काम गरेको भन्दै कारवाही स्वरूप बर्खास्त गरेकाे विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । महासचिव शाहीलाई केही समयअघि (शनिबार) अध्यक्ष बस्नेतले बर्खास्त गरेका थिए ।

    महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि भ्रष्टाचारविरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा रोकेको, पटक-पटक संगठन विस्तारकाे काम गर्न नचाहेकाे जस्ता आराेप लगाउँदै बर्खास्त गरेकाे विज्ञाप्तिमा उल्लेख छ ।

    सुरूमा संगठनका महासचिव शाहीलाई अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका थिए । महासचिव शाहीलाई अनुशासन विपरित काम गरेको भन्दै  सदस्यसमेत नरहने गरी अध्यक्ष बस्नेतले पदबाट हटाएका थिए । त्यसकाे केही समयपछि बस्नेतलाई नै कारवाही गरी महासचिव शाहीले बर्खास्त गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)