News Portal

  • परिषद्को अध्यक्षमा खापुङ

    रातोपोस्ट संवाददाता
    ६६१ पटक

    झापा । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्को अध्यक्षमा ओमप्रकाश खापुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । काँकरभिट्टा खानेपानी सँस्थाको सभा कक्षमा सम्पन्न चौथो नगर अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा खापुङ चयन भएका हुन् ।

    त्यस्तै, उपाध्यक्षहरुमा रामबहादुर वाइवा, ललित राई र कुमारी दनुवार, सचिवमा चिरञ्जीवि खवास, सहसचिवहरुमा विपना गुरुङ, पवन मेचे र ललित माझी तथा कोषाध्यक्षमा विष्णु चौधरी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा दशरथ खडिया, तिलबहादुर सुनुवार, मेघा मुण्डा, आङ्छेवाङ शेर्पा, चन्द्रकान्त धिमाल, दर्शन राजवंशी, कमल गुभाजु छन् ।

    कार्यसमितिका बाँकी सदस्यहरु परिषद्को पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ । चौथौ अधिवेशनको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका विमल आचार्यले उद्घाटन गरेको थिए ।

    उद्घाटन सत्रमा नगर उपप्रमुख मीना उप्रेती, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, नगरका निवर्तमान अध्यक्ष केवलराम राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राजु महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी खवासले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)