News Portal

  • काँकरभिट्टामा लिम्बूवानी जनसभा सम्पन्न

    रातोपोस्ट संवाददाता
    ७६६ पटक

    झापा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक) ले संरचनात्मक परिवर्तन नभएकाले देश विकास हुन नसकेको बताएका छन् ।

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च मेचीनगरको पाँचौ अधिवेशन तथा लिम्बूवानी जनसभालाई सम्बोधन गर्दै उनले अब काँग्रेस र एमालेबाट विकासको आशा गर्न नसकिने दावी समेत गरे ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले अबको लडार्इं प्रहरी, सेना तथा पार्टीका कार्यकर्ताबीच नभएर सिधै संसद् भवनमा हुने उनले चेतावनी दिए । संघीय संरचना निर्माण भएपनि नीति स्पष्ट नहुँदा प्रदेशको आय स्रोत केन्द्रमा पठाउने गलत नीतिका कारण देशमा चरम भ्रष्टाचार भएको र अपेक्षित रुपमा विकास हुन नसकेको उनको भनाई थियो ।

    पार्टीका नगर अध्यक्ष विवेक साम्सुहाङको सभापतित्वमा सम्पन्न सभामा सुनसरी जिल्ला अध्यक्ष अमर इजम, सचिवालय सदस्य समानबहादुर मावो, संघीय दलित कार्यवहाक अध्यक्ष रमेश गजमेर, केन्द्रीय सचिव राजु राई, केन्द्रीय उपसचिव इन्दिरा मेन्याङ्वो , महासचिव संगम खनाललगायतले राज्य पुर्नसंरचनामा लिम्बूवान प्रान्तको अस्तित्व सरकारले स्वीकार्नुको विकल्प नरहेको धारणा राखेका थिए ।

    अधिवेशनले मेचीनगरको नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । मञ्चका पूर्व क्षेत्रीय अध्यक्ष प्रकाश गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रान्तिय सचिव विष्णु भट्टराईले गरेकी थिईन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)