News Portal

  • लायन्स क्लब अफ मेचीनगरको सफत ग्रहण सम्पन्न

    रातोपोस्ट संवाददाता
    ७७९ पटक

    झापा । लायन्स क्लब अफ मेचीनगरको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आईतबार प्रमुख अतिथि ३२५ एएल डिस्ट्रीक गर्भनर ईन्द्र खत्रि (राजन)ले लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष शंकर थापाको नेतृत्वमा रहेको नयाँ कार्य समितिलाई सफत ग्रहण गराएका हुन ।

    कार्यक्रममा पाष्ट डिस्ट्रिक गर्भनर लिला कुमार ढुङ्गेल, ट्रेजरर धिरज गुरुङ्ग, नाईटचेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्की, हरिचरण बानियालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष निरज कुमार ओलीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथी प्रकाश सचिव उपेन्द्र बानियाले पारेका थिए ।

    लायन्स क्लब अफ मेचीनगरको नयाँ कार्य समितिमा अध्यक्ष थापा, प्रथम उपाध्यक्ष सन्तोष आचार्य, द्वितिय उपाध्यक्ष मोहन प्रसाद मैनाली, तृतिय उपाध्यक्ष गंगालाल गुरुङ्ग, सचिवमा सुवर्ण भट्टराई, सहसचिव श्याम प्रसाई, कोषाध्यक्ष प्रविण थापा, सहकोषाध्यक्ष रोशन प्रधान रहेका छन् ।

    त्यसै गरी सदस्यहरुमा केशव आचार्य, अर्जुन राजवंशी, दिनेश पोख्रेल, दिपेश राई, सुरेश तिवारी, अञ्जु श्रेष्ठलगायत ३० सदस्यिय नयाँ कार्य समिति रहेका छन् । साथै नया समितिले लियो क्लब अफ मेचीनगर पनि गठन गरेको छ । लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष निरज कुमार ओलीको अध्यक्षतामा आयोजना भएको सफत ग्रहण कार्यक्रम सञ्चालन लायन्स क्लब अफ मेचीनगरका सचिव सुवर्ण भट्टराईले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)