News Portal

  • नेकपा विप्लवका जिल्ला सेक्रेटरी सत्तापक्ष नेकपामा प्रवेश

    रातोपोस्ट संवाददाता
    ८२२ पटक

    ईलाम। नेत्रविक्रम चन्द (विप्लव) नेकपाका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

    उनले प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो ।

    उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उनलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।

    राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)