News Portal

नेकपाकाे सल्लाहकार परिषद र जेष्ठ कम्युनिस्ट मञ्चको शपथ ग्रहण

रातोपोस्ट संवाददाता
८१९ पटक

झापा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिस्ट मञ्चको शपथ ग्रहण र बधाई तथा शुभकामना कार्यक्रम जिल्ला पार्टी कार्यलय बिर्तामोडमा सम्पन्न भयो।

नेकपा झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी  झापाको सल्लाहकार परिषद ८९ र जेष्ठ कम्युनिस्ट  मञ्च ७३ जनाको समिति गठन भइ सफथ ग्रहण र बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो।

सो सफथ ग्रहण र बधाई तथा शुभकामना कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्लाका सह-इन्चार्ज  देवेन्द्र दाहाल,  जिल्ला सह-इन्चार्ज हरि बहादुर राजवशी, प्रदेश कमिटी सदस्य पुरुषोत्तम चुडाल,नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव मणि कुमार साम्पाङ (विजय), जिल्ला सचिवालय सदस्य  कुबेर श्रेष्ठ,  सचिवालय सदस्य पुजा खनाल,  सचिवालय सदस्य प्रेम गिरि, सचिवालय सदस्य मोहन टुडु लगायतको उपस्थिति रहेकाे थियो ।

प्रतिकृया दिनुहोस्