News Portal

  • संसद् अधिवेशन आज अन्त्य हुँदै

    रातोपोस्ट संवाददाता
    ९३६ पटक

    काठमाडौँ । सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो ।

    अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित भएका छन् । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने गरेको छ ।

    प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताउनुभयो । सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)