News Portal

  • नेकपा झापाले संविधान दिवसमा बृह्त जनसभा, सभालाई रक्षामन्त्री पोखरेलले सम्बोधन गर्ने

    रातोपोस्ट संवाददाता
    ८०२ पटक

    झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसर पारेर असोज ३ गते बिर्तामोडमा बृह्त जनसभा गर्ने भएको छ । जनसभालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने भएका छन् ।

    नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, केन्द्रीय सदस्य राम कार्की लगायतका नेताले सम्बोधन गर्ने बिभागका प्रमुख मणिकुमार साम्पाङ्ले बताए ।

    संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले यसको कार्यान्वयन र रक्षा गर्नु दायित्व रहेको भन्दै नेकपाले जिल्लाभरबाट १३ हजार ५ सय जनसहभागिता गराउदै जनसभाको आयोजना गर्न लागिएको बिभागका उपप्रमुख सन्तोस आचार्यले जानकारी दिए  ।

    सोही दिन झापा जिल्लाभर स्थानीय चोकहरुमा दिपावली गर्न पनि स्थानीय पार्टीलाई निर्देशन दिइएको छ ।  कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने  ११ :३० बजेबाट र्याली शुरु गरि कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ ।

    झापा पार्टीका अध्यक्ष चिन्तन पाठकले संविधान दिवस आम नेपालीको उत्सबको दिन भएकाले सबैलाई उपस्थितिको लागि आव्हान गरेका छन् । सडकमा संविधान बिरोधी गतिबिधि बढ्दै गएकोले त्यसको खबरदारी गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)