News Portal

  • नेता लेखनाथकाे पुस्तक ‘सङ्घर्षकाे इतिहास’ काे झापामा परिचर्चा

    रातोपोस्ट संवाददाता
    ८०४ पटक

    झापा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा  अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेको  ‘सङ्घर्षको इतिहास’ नामक पुस्तकको आज झापाकाे बिर्तामोडमा परिचर्चा गरिएको छ ।

    प्रगतिशील लेखक संघ झापाको आयोजनामा गरिएको कार्यक्रममा प्रदेश  नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सदस्य राम कार्की र विधार्थी नेतृ सुनिता बरालले संघर्षको इतिहासमाथि चर्चा गरेका हुन् ।

    कार्यक्रममा कानून मन्त्री कार्कीले ‘ सङ्घर्षकाे इतिहास’ नामक पुस्तक नेपाली कम्युनिष्ट आन्दोलनको दस्तावेज हुने बताए । उनले किताबमा समावेश भएका सामग्रीले कम्युनिष्ट आन्दोलनका लागि उर्जा दिने पनि बताए ।

    ’यस्तै, प्रतिनिधिसभाका सदस्य राम कार्कीले सङ्घर्षकाे इतिहास  पुस्तक वास्तवमा इतिहास नभएको चर्चा गरेका छन् । उनले न्यौपानेले ल्याएको इतिहासमा माक्र्सको आन्दोलन र विचार समावेश गरिएकोले अध्ययनयोग्य रहेको टिप्पणी गरे । सांसद कार्कीले समाजवाद ल्याउन अध्ययन पनि आवश्यक रहेको बताएका छन् ।

    अहिलेको कम्युनिष्ट आन्दोलनबाटै समाजवाद ल्याउन सजिलो नरहेको उनको तर्क छ ।  सङ्घर्षकाे इतिहास कम्युनिष्ट कार्यकर्ताका लागि बाटो तय गर्ने पाठ्य सामग्री रहेको कार्कीको भनाई छ ।

    त्यसैगरी विद्यार्थी नेतृ सुनिता बरालले लेखनाथ न्यौपानेद्वारा लिखित पुस्तक पढेर राजनीति क्षेत्रमा संलग्न विद्यार्थीहरुलाई धेरै कुरा जान्न सहज हुने बताइन् ।

    प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य सरोज ओली, पुस्तकका लेखक न्यौपानेसहितले परिचर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघ झापाका सचिव लीलाप्रसाद अधिकारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)