News Portal

  • विप्लव नेकपा भाेजपुरका सेक्रेटरी हतियारसहित पक्राउ

    रातोपोस्ट संवाददाता
    १०२० पटक

    भाेजपुर। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी भीरछेउको जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट १ थान पनि फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।अन्नपूर्ण पाेष्ट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)