News Portal

  • कुमार पौडेलकी आमा र श्रीमती न्याय माग्दै काठमाडौंमा

    रातोपोस्ट संवाददाता
    ९३४ पटक

    काठमाडाैं। प्रहरीसँग भिडन्तमा मारिएको भनिएका विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । पौडेलकी आमा दुर्गादेवी र श्रीमती कलाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गैर न्यायिक हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    पौडेल गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका-१ मा मारिएका थिए । उनकी श्रीमती कलाले श्रीमानलाई भिडन्तमा नभई नियन्त्रणमा लिई कुटपिट गरी  हत्या गरेको दावी गरिन । यस्तै, दुर्गादेवीले एक मात्र छोरालाई सरकारले योजना बनाएर मारिदिएको दावी गर्दै आफ्नो बाँच्ने सहारा खोसिएको बताइन् ।

    छोराको मृत्युपछि १३ हजार मलामी देख्दा धेरै छोरा भएको महसुस भए पनि अहिले कसैले हत्यरा पत्ता लगाउन साथ नदिएको उनले गुनासो गरिन् । ‘त्यस बेला हत्यारा पत्ता लगाउन हामी सहयोग गर्छौँ भनेर आशा देखाउने धेरै थिए,’ उनले भनिन, ‘तर, अहिले न्यायको लडाइमा साथ दिन कोही पनि आएनन् ।’

    न्याय नपाए राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको उनले बताइन् । उनले न्यायका लागि सहयोग गरिदिन सबैमा आग्रह गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)