News Portal

  • चाडपर्वमा जनताले महशुस गर्ने गरी सुरक्षा दिन गृहमन्त्रीको निर्देशन

    रातोपोस्ट संवाददाता
    ६८८ पटक

    काठमाडाैं। आसन्न दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गृह मन्त्रालयले विशेष सुरक्षा तयारी थालेको छ । पर्वको सुरक्षालाई मजबुत बनाउन गृहमा आइतबार सुरक्षा बैठक बसेको थियाे ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जनताले महशुस गर्ने गरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन उनले निर्देशन दिएका हुन् । चाडपर्वमा चोरी, लुटपाट, कालो बजारी जस्ता घटना अत्याधिक हुने भएकाले सोही अनुरुप सुरक्षा रणनीति बनाएर कार्यान्वायन गर्नु पर्नेमा उनले बताए ।

    यस्तै, सडक सुरक्षा तथा तोकिएको भाडादरको कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्न समेत निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलगायत सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)