News Portal

चिनियाँ कम्युनिष्ट पार्टीले नेकपालाई के पढाउँदैछ ?

रातोपोस्ट संवाददाता
७५८ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको द्वीदिवसीय ‘विचारधारात्मक छलफल कार्यक्रम’ काठमाडौंमा शुरु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले सी जिनपिङ विचारधाराबारे नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रशिक्षण दिने भएको छ । काठमाडौंको याक एण्ड यती होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रको सभापतित्व स्कुल विभागका प्रमुख ईश्वर पोखरेलले गरेका छन् । मुख्य वक्ताका रुपमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका सोङ ताव, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली छन् ।  उद्घाटन सत्र सकिएलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका हु झाओ मिङले व्यवस्थित समाज निर्माण विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।   बेलुकी ९ बजे आजको कार्यक्रम सकिनेछ ।

त्यस्तै मंगलबार बिहान १० बजे नै कार्यक्रम शुरु हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी संगठन विभागका सु नान पेङले पार्टी अनुशासन पालनाका विषयमा विचार राख्नेछन् ।  त्यसपछि सीपीसीको स्कुल विभागका चिङ ग्याङले पार्टी पुनर्गठनका बारेमा वृहत छलफल गर्दैछन् ।  त्यसपछि राष्ट्रिय विकास तथा पुनर्गठन आयोग चीनका सी यु लोङले बीआरआई र मानव समाजको भविष्यका बारेमा संयुक्त सहमति तयार गर्नेबारे छलफल चलाउनेछन् ।मंगलबार साँझ साढे ४ बजे कार्यक्रम समापन गर्ने तयारी छ ।

उद्घाटन सत्रमा नेकपाका करिब ५ सय कार्यकर्ता सहभागी छन्  । नेकपाको आफ्नै सिद्धान्त जनताको जनवाद हुँदाहुँदै सी विचारधारा पढ्न आवश्यक नरहेको कतिपय सहभागीको तर्क छ । मुख्य व्यानरमा सी चिन फिङ विचारधारबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट  पार्टीबीच विचारधारात्मक अन्तरक्रिया लेखिएको छ ।

प्रतिकृया दिनुहोस्