News Portal

  • विप्लव नेकपाका उपत्यका इन्चार्ज विश्वकर्मा गिरफ्तार

    रातोपोस्ट संवाददाता
    ८५९ पटक

    काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा गिरफ्तार परेका छन् । प्रहरीले विश्वकर्मालाई सोमबार दिउँसो गिरफ्तार गरेको बताइएको छ ।

    प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बिकलाई ललितपुरबाट गिरफ्तार गरेको हो । तर प्रहरीले भने औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन ।

    नेकपाले बिकको गिरफ्तारबारे औपचारिक रुपमा केही नबताएपनि गिरफ्तार गरेर बेपत्ता पारेको बताउँदै सार्वजनिकको लागि मानव अधिकार, स‌ंचारमाध्यमहरुसँग आग्रह गरेको छ । पूर्वमन्त्री समेत रहेका बिकले प्रहरीले माइला लामालाई गिरफ्तार गरेपछि उपत्यकाको जिम्मेवारी समालेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)