News Portal

आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं : विश्‍वप्रकाश शर्मा

रातोपोस्ट संवाददाता
९७१ पटक

धरान : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्।कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीति हस्तक्षेप बढेको भन्दै आरोप लगाए।

‘सरकारका हरेक क्रियाकलाप अमर्यादित, असंभव र आर्थिक अनियमितताका घटनामा मात्र केन्द्रित भएको भन्द्रै उनले भने,’ आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं। सदन र सडकमा कांग्रेस छ भनेर हेक्‍का राख्न नबिर्सनु।”

प्रवक्ता शर्माले भूमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सरकारलाई तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न समेत आग्रह गरेका छन् । उनले सबै कम्युनिस्टको एकीकरण अभियान सुरु गरेका प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डसँग विप्लवसँग वार्ता गर्न ढिला नगर्न आग्रह गरेका छन् ।

सुनसरीको धरानमा मंगलबार जागरणसभा समापन कार्यक्रममा बोल्दै शर्माले विप्लवको चन्दा आतंक र बम विस्फोटका घटना गलत भएको दावी गरे। उनले विप्लवलाई वार्ताका लागि तयारी हुन र सरकारलाई वार्ताको वातावरण बनाउन समेत आग्रह गरे। शर्माले सिके राउतलाई समेत शान्ति प्रक्रियामा ल्याउन सफल भएका प्रधानमन्त्री ओली र प्रचण्ड विप्लवसँग वार्ता गर्न असफल भएको आरोप लगाए ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको दुईतिहाई सरकारको वितृष्णको दवाई कांग्रेस मात्र भएको चेतावनी दिए।उनले भने,’ कांग्रेसले लामो समय शासन गर्दा पनि विकास नगरेको भन्दै आरोप लगाउँदै हिँड्ने ओली नेतृत्वको सरकारको दुई वर्ष वित्न नपाउँदै वाक्‍क भएका जनता विकल्पको खोजिमा छन्।अबको निर्वाचनमा कांग्रेसलाई जनताको पूर्ण साथ मिल्नेछ।’

प्रवक्ता शर्माले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानलगायतका सबै स्थानमा कांग्रेसले बहुमतले विजयी हाँसिल गर्ने दावी गरे।

प्रतिकृया दिनुहोस्