News Portal

  • पृथ्वी, तिम्रो र मेरो बराबर हुने छ !

    सुमनसिंह पौडेल
    ९८५ पटक

     

    मैले क्रान्ती खोंजे
    त्यो पाउने बाटो रोजे
    मेरो गन्तव्य….
    मलाइ पूरा बिश्वास छ !

    एक दिन अँध्यारो आकास फाट्ने छ
    धर्ति उज्यालो बन्ने छ
    बिभेदहरुका कपटी दुनियाँ
    सदा सदाका लागि निभ्नेछन

    तिमी दलित बन्नु पर्दैन
    तिमी गरिब भैरहनु पर्दैन
    दमित बनिरहनु पर्दैन कहिलै
    तिमी कसैबाट हेपिनु पर्दैन
    तिम्रो दुंनिया..
    हामी सबैको साझा दुंनिया बन्ने छ
    सबै कुरामा समानता हुने छ

    यो घाम साझा हुने छ
    झरी, बर्सात भनौ या खहरे खोला
    नदि तलाउ सबै हाम्रो साझा हुने छ
    जंगल, खनिज र यो पृथ्वी
    तिम्रो र मेरो बराबर हुने छ ….

    हो त्यसैले
    मैले क्रान्ती खोंजे

    केही लुच्च्ड भुस्याहाहरु
    कुरा चिप्ला गर्ने घुस्याहाहरु…..
    सडकमा हात थापेर हिंड्ने
    गरिबलाइ थुकेर हिंडिरहेका छन
    उपचारको अभावमा
    अस्पतालमा रोइरहेका आफन्तहरुको आँसु
    अझ जोड जोडले लुटिरहेका छन
    छोरी चेली बेचेर आफू मस्त बनिरहेका छन
    गरिबका झुपडिहरुमा डोजर लगाइरहेका छन
    चारै तिरबाट देश
    लुटिरहेकाछन , आगोमा छ देश …..

    ओ ! मेरा आफन्तहरु हो,
    तिमी कतिन्जेल सडकमा मागेर मात्र हिंड्छौ
    कतिन्जेल मालिक बाट लुटिन्छौ
    कहिले सम्म तिनै झुपडिहरुमा बस्छौ
    कहिले सम्म यसरिनै छट्पटिन्छौ

    अब त आउन,
    मैले खोजेको क्रान्तिमा संगै हिंडौ
    अत्यचारी सत्ताको बिरुद्ध संगै लडौं
    दुनियाँलाई यस्तो संन्देश दिऔं ..
    मजदुर सांच्चिकै दुनियाँ निर्माता हो
    किसान सांच्चिकै दुनियाँको बिधाता हो
    मेरा आफन्तहरु हो
    आउ एकपटक बलिदान गर्ने सपथ गरौं
    उन्मुक्त विश्व निर्माणको निम्ति…

     

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)