रातोपोस्ट संवाददाता

एजेन्सी ।भारतीय सेनाको हेलिकप्टर भुटानको पूर्वी क्षेत्र योन्फुलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
भारतीय सेनाका अनुसार सैनिकको तालिमका लागि खटिएको हेलिकप्टर शुक्रबार दुर्घटना भएको र दुर्घटनामा भुटानी नागरिक पनि परेका छन् । हेलिकप्टर अरुणाञ्चल प्रदेशको खिर्मुबाट योन्फुलाका लागि उडेको थियो ।दिउसो १ बजे उक्त हेलिकप्टर योन्फुलाबाट सम्पर्कविहीन भएको हो । घटनास्थलमा सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् ।